१३ माघ, काठमाडौं
सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा आइतबार नै नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैन भने प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपी जारी गर्न सकिन्छ ।
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका छन् र त्यसको निस्सा पनि पाइसकेका छन् । त्यो निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाएकाले उनले नयाँ प्रतिलिपी नागरिकता नपाएका हुन् ।
निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउनेछन् ।



