पहिलो एक दिवसीयमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हरायो

images
  • 93
    SHARES
  • माघ १४, २०७९ शनिबार
    पहिलो एक दिवसीयमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हरायो
    images

    काठमाण्डाै - 

    पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हराएको छ ।

    गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४४ ओभर २ बलमा २ सय ७१ रनमा अलआउट भयो ।

    इङ्ल्यान्डका जासन रोयले १ सय १३ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले ४ विकेट लिए । त्यस्तै सिसन्दा मालागाले ३ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो ।

    दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले १ सय ११ रन बनाए । इङ्ल्यान्डका साम करणले ३ विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको दोस्रो खेल भोलि हुनेछ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend