नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

images
  • 86
    SHARES
  • माघ १४, २०७९ शनिबार
    नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    images

    काठमाण्डाै –

    नायिका एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् ।

    शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराउनु भएको हो । एलिजाले पार्टीकाे उद्देश्य एकदमै राम्रो लागेकाले आफू यस पार्टीमा प्रवेश गरेको बताइन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि याे पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन् ।

    गौतमले नागरिक उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंशा समेत गर्नु भयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend