१६ माघ, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् ।
मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।
केही ठाउँमा काम रोकिन थालेपछि बालेनले गृहमन्त्री भइसकेपछि रवि लामिछानेसँग पनि सहयोग मागेका थिए ।



