पोखरामा हिजो आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा निधन

images
  • 84
    SHARES
  • माघ १६, २०७९ सोमबार
    पोखरामा हिजो आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा निधन
    images

    पोखरा, माघ १६

    पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका(१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ ।

     
    आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।
    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक (डिएसपी) सुभाष तिमिल्सिनाले बताए ।

    घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend