व्यास अल्ट्रा म्याराथनको उपाधि गुरुङलाई

images
  • 116
    SHARES
  • माघ १६, २०७९ सोमबार
    व्यास अल्ट्रा म्याराथनको उपाधि गुरुङलाई
    images
    व्यास नगरपालिकाले सोमबार आयोजना गरेको व्यास अल्ट्रा म्याराथनको उपाधि विशाल गुरुङले जितेका छन् । शहीद दिवसका अवसरमा व्यास नगरपालिका-५ मानुङदेखि व्यास नगरपालिका-८ पुलिमराङसम्मको ४४ किमी दूरी तीन घण्टा २६ मिनेटमा पूरा गर्दै व्यास नगरपालिका-७ निवासी गुरुङले उपाधि जितेका हुन् । प्रतियोगितामा व्यास नगरपालिका-६ का सहास पन्थ द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ३६ मिनेटमा पूरा गरेका छन् । त्यस्तै आँबुखैरेनी गाउँपालिका-१ का सनम गुरुङ तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गरे ।
     
    द्वितीय हुन सफल व्यास-६ का सहास पन्थ प्रतियोगितामा प्रथम हुनेले रु ६१ हजार, द्वितीय हुनेले रु ५१ हजार र तृतीय हुनेले रु ३८ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । तियोगितामा ५७ धावकको सहभागिता रहेको थियो । विगतका वर्षमा खुल्ला रुपमा म्याराथन आयोजना गरिदै आएकामा यसपटक पनि जिल्लावासीको सहभागितामा प्रतियोगिता आयोजना गरिएको थियो । विगतका वर्षहरुमा राष्ट्रिय धावकको सहभागितामा हुँदै आएको प्रतियोगिताका विजेताले रु ८७ हजार प्राप्त गर्ने भएपनि यसपटक प्रथम पुरस्कारको राशी घटाइएको हो । व्यास नगरपालिका-५ मानुङबाट सुरु भएको म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे चापाघाट-अनुसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी- दुम्सी- कलेस्ती- पाथा- सत्रसय- बानियाँ डिही बर्लाची-सोतीवेशी- बगुवा - बाहुन पोखरा हुँदै व्यास नगरपालिका-८ पुलिमराङमा पुगेर सकिएको छ । रिस्ती- नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend