काठमाडौं, माघ १६
एसियाकै सबैभन्दा धनी व्यक्ति भारतका गौतम अडानीले पछिल्ला केही दिनमै अर्बौं डलर गुमाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार यसअघि संसारकै तेस्रो धनी व्यक्तिका रूपमा रहेका अडानी अहिले आठौं नम्बरमा आइपुगेका छन्। अहिले उनीसँग ८९।१ अर्ब डलर सम्पत्ति छ। यद्यपी उनी अहिले पनि एसियाको भने सबैभन्दा धनाढ्य व्यक्ति नै हुन्।
लगानीकर्ताहरूलाई भने अडानीको जवाफले पनि ढुक्क पारेको देखिन्न। सोमबार पनि अडानी इन्टरप्राइजेजसहित अडानी ग्रुपका सबै कम्पनीको सेयर भाउ घटेको छ। उनका कम्पनीहरूको सेयर भाउ ६५ अर्ब डलरसम्म घटेको बताइएको छ।
अडानी समूहका कम्पनीका पुरानो सेयर मात्र घटेको छैन उसले जारी गरेको नयाँ एफपिओमा पनि लगानीकर्ताले चासो देखाएका छैनन्। एजेन्सी



