काठमाडौं,माघ १७
पछिल्लो समय बलिउड सेलिब्रिटी आफ्ना शिशुलाई सामाजिक सञ्जालबाट टाढै राख्न खोजिरहेका छन् । सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा केही भन्नुपरे शिशुको अनुहारलाई इमोजीले लुकाएर सार्वजनिक गर्ने उनीहरुको प्रवृत्ति छ । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले पनि यस्तै गरेका थिए । यसैसाता प्रियंका लस एन्जलसको एक कार्यक्रममा छोरीलाई लिएर पुगेकी थिइन्, जहाँ उनी र छोरीका तस्वीर सामुन्ने आए ।



