काठमाडौं,माघ १७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो ।
भेटमा लामिछानेले आफूहरुको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने संकेत गरेका थिए । रास्वपाले भने कुनै निर्णय गरिनसकेको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।



