१७ माघ, काठमाडौं
भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो ।
अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो । २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मुल्य २९ प्रतिशतले घटेको छ ।
सम्पत्ति घटेसँगै अडानी विश्वको पाँच धनी व्यक्तिको सूचीबाट हटेका छन् र उनी अहिले विश्वको आठौं धनी व्यक्ति बनेका छन् ।
अडानी समूहले संस्थापक शेयर धितो राखेर भारी मात्रामा ऋण लिएको र कतिपय कम्पनी टाट पल्टने स्थितिमा पुगेको आरोप पनि हिंडनबर्गको प्रतिवेदनमा लगाइएको छ ।
हिंडनवर्गले ७ वर्षको अध्ययनपछि र अडानी समूहकै पूर्व कर्मचारीहरुले दिएको सूचनाका आधारमा प्रतिवेदन तयार गरेको दाबी गरेको छ । तर अडानी समूहले भने त्यो प्रतिवेदनमा कुनै सत्यता नभएको बताउँदै आएको छ ।
अडानी समूह भारतमा कोइलादेखि बन्दरगाह, मिडिया, सिमेन्ट, एल्युमिना र डाटा सेन्टरसम्मको व्यवसायमा संलग्न छ ।



