मकवानपुर प्रहरीले १३० बिघा जमिनमा लगाइएको अफिम खेती गर्‍यो नष्ट

images
  • 106
    SHARES
  • माघ १७, २०७९ मंगलबार
    मकवानपुर प्रहरीले १३० बिघा जमिनमा लगाइएको अफिम खेती गर्‍यो नष्ट
    images

    हेटौंडा, माघ १७

    मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।

     
    माघ १४ गतेदेखि १६ गते सम्म नेपाल प्रशरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरेको छ ।
    कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाईएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend