काठमाडौ माघ १७ रबिन दाहाल
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई खल्तीको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । महिला लघुवित्तले खल्ती मार्फत आफ्नो बचत निक्षेप, कर्जाको किस्ता लगायत बिभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना ग्राहक सदस्यहरुले गर्न सक्ने जनाइएको छ । लघुवित्तले देशका ३४ जिल्लामा ७० शाखा मार्फत करिब ७५ हजार सदस्यहरुलाई सेवा दिँदै आएको जनाएको छ ।



