सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता

images
  • 86
    SHARES
  • माघ १७, २०७९ मंगलबार
    सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता
    images

    काठमाडौँ

    नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ।

     

    बलात्कार आरोप लागेका लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश खारेज गर्दै शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश दिएको थियो । सो आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो।

     

    उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको पुस २८ गतेको संयुक्त इजलासले शर्तसहित लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उक्त आदेश बेरितको भएकाले खारेज हुनुपर्ने मागदाबी गर्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिएको हो। पुनरावलोकन निवेदनमा सन्दीपलाई थुनामै राख्नुपर्ने माग दाबी गरिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend