प्रहरीले रवि लामिछानेविरुद्धको जाहेरी दर्ता गर्न मानेन

images
  • 80
    SHARES
  • माघ १७, २०७९ मंगलबार
    प्रहरीले रवि लामिछानेविरुद्धको जाहेरी दर्ता गर्न मानेन
    images

    काठमाडौं

    काठमाडौं प्रहरी परिसरले खारेज भइसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

     

    नागरिकता विवादसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वाेच्चबाट आइनसकेको भन्दै लामिछानेविरुद्दको जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसरले अस्वीकार गरेको हो ।

     

    राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर, सर्वाेच्चको पूर्णपाठ आइनसकेको कारण देखाउँदै दर्ता गर्न अस्वीकार गरिएको छ ।

     

    गत शुक्रबार सर्वाेच्चले नागरिकता मुद्दासम्बन्धी दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै लामिछानेको सबै पद गुमेको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend