यू–२० महिला खेलाडी बंगलादेश प्रस्थान

images
  • 87
    SHARES
  • माघ १८, २०७९ बुधबार
    यू–२० महिला खेलाडी बंगलादेश प्रस्थान
    images

    काठमाडौं ।

    साफ यू–२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

     

    दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई बिदाइ गरेको थियो ।

     

    साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रको सहभागिता हुनेछ । नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend