रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

images
  • 92
    SHARES
  • माघ १९, २०७९ बिहीबार
    रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
    images

    काठमाडौँ

    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

     

    रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भइसकेपछि उनलाई नै गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ । 

    रास्वपाले गृह मन्त्रालयका लागि निरन्तर लबिङ गर्दै आएपनि सकारात्मक नतिजा नआएसँगै केन्द्रीय समिति बोलाएर आवश्यक निर्णय गर्न लागेको हो।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend