नेपाल टेलिभिजनबाट गुरुङ भाषाको समाचार प्रसारण सुरु

images
  • 155
    SHARES
  • माघ १९, २०७९ बिहीबार
    नेपाल टेलिभिजनबाट गुरुङ भाषाको समाचार प्रसारण सुरु
    images

    सरकारी सञ्चार माध्ययम नेपाल टेलिभिजनबाट गुरुङ भाषाको समाचार प्रसारण सुरु भएको छ ।
    टेलिभिजन प्रसारण आरम्भको साँढे ३ दशकपछि नेपाल टेलिभिजनले गुरुङ भाषाको समाचार प्रसारण थालेको हो । नेपाल टेलिभिजनमा मंगलबार साँढे ६ बजे गुरुङ भाषाको समाचार प्रसारण भएको थियो । अब हरेक साँझ ५ बजे नेपाली भाषाको समाचार, त्यसपछि तामाङ भाषा र त्यसपछि साँढे ५ बजेतिर गुरुङ भाषाको समाचार प्रसारण हुनेछ ।
    नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको दिन माघ १७ गते मंगलबारदेखि गुरुङ भाषाको समाचार प्रसारण सुरु भएको छ । गुरुङ भाषाको पहिलो समाचार पिम गुरुङ र अनिता गुरुङले वाचन गर्नुभएको थियो । यो नेपाल टेलिभिजनको इतिहासमा पहिलो हो ।
    नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोसत्वसको सन्दर्भमा राष्ट्रिय प्रसारणलाई समावेशी बनाउने नीति अनुसार भाषाभााषीका समाचार प्रसारण सुरु गरेको टेलिभिजनका महाप्रवन्धक फूलमान बलले बताउनुभयो ।
    नपाल टेलिभिजनले २०४१ साल माघ १७ गतेदेखि परियोजनाको रुपमा सुरु भएर २०४२ सालबाट प्रसारण सुरु गरेको थियो । रेडियो नेपालमा २०५१ सालदेखि नै भाषाभाषीको समाचार सुरु गरिएको थियो । रेडियो नेपालमा गुरुङ भाषाको समाचार क्षेत्रीय प्रसारण केन्द्र (हाल प्रदेशिक) पोखराबाट प्रसारण भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend