काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

images
  • 113
    SHARES
  • माघ १९, २०७९ बिहीबार
    काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु
    images

    accident_20210214155920.pngकाठमाडौं । 

    काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा२ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो ।

     

    बिहीबार दिउँसो साढे ३ बजे बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए । 

     

    चालक भागेपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend