प्रतीकात्मक तस्बिर
रोल्पा – राेल्पामा मोटरसाइकल दुर्घटनामा परि एक जनाकाे ज्यान गएको छ । आज बिहीवार बिहान भएकाे दुर्घटनामा माेटरसाइकल चालक २६ वर्षीय पुरन चन्दकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
सदरमुकाम लिबाङबाट गजुल जाँदै गरेकाे रा ३ प १०३८ नम्बरको मोटरसाइकल दहरेभिरमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा घाइते हुनुभएका चन्दको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचारका क्रममा ज्यान गएको हो ।



