बाँकेमा पक्राउ गरेर काठमाडौं ल्याइएका सांसद चौधरीलाई धनगढी लगिँदै

images
  • 109
    SHARES
  • माघ १९, २०७९ बिहीबार
    बाँकेमा पक्राउ गरेर काठमाडौं ल्याइएका सांसद चौधरीलाई धनगढी लगिँदै
    images

    १९ माघ, काठमाडौं ।

    अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याएर फेरि धनगढी लगिँदैछ ।

    बाँकेमा पक्राउ परेका उनलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएका उनलाई धनगढी पुर्‍याउन लागिएको हो ।

    कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएको थियो ।

    कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।

    ट्याक्टरमा आगजनी गरेको मुद्दामा ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि अर्का अभियुक्त अरुण भएको खुलेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend