भरतपुर
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले संस्थाको नवौँ साधारण सभा इच्छाकामना गाउँपालिकामा गर्ने निर्णय गरेको छ। शुक्रबार केन्द्रीय समिति सदस्य तथा जातीय पत्रकार संगठनका प्रतिनिधिहरूसहित बसेको कार्यसमितिको बैठकले इच्छाकामना गाउँपालिकाको वडा नं.७ मा यहि फागुन १२ र १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो। फोनिज चितवनका अध्यक्ष रमेश रानामगरका अनुसार साधारण सभामा करिब ७० जना सदस्यको सहभागीता रहने अपेक्षा गरिएको छ। सोही अवसरमा फोनिजले गरेका गतिविधिसहित ‘फोनिज बुलेटिन’समेत प्रकाशन गर्ने निर्णय भएको अध्यक्ष मगरले जानकारी दिए। फोनिज चितवनमा करिब एकसयभन्दा बढी सदस्य छन्।




