गलकोट, माघ २१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताउनुभएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान सकेमात्र आत्मनिर्भरको बाटोमा नेपाल जानसक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सार्वजनिक कार्यक्रममा धेरै समय खर्च गर्दा जनताका अन्य काममा बाधा पुग्ने जनाउँदै सार्वजनिक कार्यक्रमलाई छोटो बनाउन आयोजकलाई आग्रह गर्दै आइराखेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजना ल्याउन थालेको उल्लेख गर्दै लायनसँग सहकार्य गर्दै प्रदेश सरकारका योजना अगाडि बढाउने बताउनुभयो । रासस



