काठमाडौं, माघ २१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन्। शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन्।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपाका सभापति समेत रहेका रवि लामिछानेलाई नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठहर्याएको थियो।
त्यसपछि उनले नागरिकता पुनस्प्राप्ति गरेका थिए। रास्वपाले गृह मन्त्रालय पाए सांसद वा गैरसांसदलाई पठाउने निर्णय गरिसकेको छैन।



