रवि लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ : भीम रावल

images
  • 98
    SHARES
  • माघ २१, २०७९ शनिबार
    रवि लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ : भीम रावल
    images

    २१ माघ, काठमाडौं

    नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ नै चलाइएको टिप्पणी गरेका छन् ।

    शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत भएको बताए ।

    ‘…जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend