अदालतको परमादेश बमोजिम बढुवा कर्मचारी विरुद्ध अख्तियारमा उजुरी

images
  • 144
    SHARES
  • माघ २२, २०७९ आइतबार
    अदालतको परमादेश बमोजिम बढुवा कर्मचारी विरुद्ध अख्तियारमा उजुरी
    images
     
    दमौली , २२ माघ 
    एक साता लामो बिदामा बसेका व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आइतबार पनि हाजिर भएका छैनन ।
    प्रमुख प्रशासकीय अधिकृत व्यास नगरपालिकाका स्थानीय कर्मचारीहरु संग खटपट भएसगै दोस्रो पटक बिदामा बसेका थिए । दोस्रो पटक बिदामा बसेका नागिला आइतबार हाजिर नभएपछि व्यास नगरपालिकाको सेवा प्रवाह प्रवाहित हुन पुगेको छ ।
     
    बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत नागिलालाई पुनः हाजिर गराएमा आफूहरु बिदामा बस्ने धम्की नगरपालिकाका स्थानीय कर्मचारीहरुले दिएको बुझिएको छ । स्थानीय कर्मचारीहरुले दबाब दिएसगै नगरप्रमुख बैकुण्ठ न्यौपानेले समेत प्रमुख प्रशासकीय अधिकृत नागिलालाई हाजिर हुनका लागि ग्रिन सिग्नल नदिएको बुझिएको छ । नगरप्रमुखबाट समेत ग्रिन सिग्नल नपाएपछि प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउन रोकिएका छन् । प्रमुख प्रशासकीय अधिकृत नागिला हाजिर हुने वातावरण नबने पछि नगरपालिकाको वातावरण थप असहज बन्ने भएको छ । यता प्रमुख प्रशासकीय अधिकृत नागिलाको सट्टामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन भित्रभित्रै कसरत भई रहेको समेत बुझिएको छ । त्यसका लागि मन्त्रालयमा समेत धाईएको बुझिएको छ ।
     
    यसैबीच व्यास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नागिला र स्थानीय कर्मचारीहरुबीच विवाद जारी रहेका बेला कर्मचारीका ४ जना कर्मचारीको बढुवाको विषयलाई लिएर अख्तियार मुद्धा दायर गरिएको बुझिन आएको छ । अदालतको परमादेश बमोजिम बढुवा भएका हालका लेखा अधिकृत हेमन्त गुरुङ,वडा सचिव पुष्प आचार्य लगायत विरुद्धमा नगरपालिका भित्रबाटै अख्तियारमा उजुरी हालिएको बुझिएको छ । अदालतको आदेश बमोजिम आफूहरु बढुवा भएको जानकारी हुँदा हुँदै पनि दुःख दिने नियतले अख्तियार मुद्धा हालिएको सम्बन्धित कर्मचारीहरुको भनाई छ । यो विषयका कारण समेत व्यास नगरपालिका भित्रको विवाद थप पेचिलो बन्दै जाने भएको छ ।
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend