राष्ट्रपतिले संसदमा सम्बाेधन गर्ने

images
  • 158
    SHARES
  • माघ २२, २०७९ आइतबार
    राष्ट्रपतिले संसदमा सम्बाेधन गर्ने
    images

    २२ माघ, काठमाडौं

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बाेधन गर्ने भएकी छिन् ।

    उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बाेधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बाेधन हुने भएको छ’, राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend