२२ दिनपछि प्रदेशसभाको बैठक बस्दै

images
  • 170
    SHARES
  • माघ २३, २०७९ सोमबार
    २२ दिनपछि प्रदेशसभाको बैठक बस्दै
    images

    २३ पुस, विराटनगर

    प्रदेश १ प्रदेशसभाको छैटौं बैठक आज बस्दैछ । विजनेश अभावमा गत पुस ३० गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।

    पुस ३० मा उपसभामुखको निर्वाचनपछि स्थगित भएको  दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठक  आज  दिउँसो १ बजे बस्दैछ ।

    संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर पुस  २५ गते गठन भएको  सरकारले संसदमा सरकारले कुनै  विधेयक दर्ता गरेको छैन ।

    प्रदेशसभामा दुई वटा अध्यादेश पेश भइसकेका छन् । प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश पेश भएको थियो ।

    प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, नियमावली मस्यौदा समिति गठन र यसअघि पेश भएका दुई अध्यादेशलाई अगाडि बढाउने कार्यसूची  छ ।  मंगलबारको बैठकमा भने प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने तयारी छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend