काठमाडौं, माघ २३
गायिका ज्योति मगर यतिबेला अर्घाखाँची महोत्सवलाई लिएर चर्चामा छिन् । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले मगर सहभागी हुने महोत्सवमा आफूहरुले भाग नलिने भन्दै बहिष्कारको घोषणा गरेपछि ज्योति आक्रोशित भएकी हुन् ।
उनी लेख्छिन्, ‘हिम्मत छ भने मलाई रोकेर देखाउनुस् । म भोलि अर्घाखाँचीमा आफ्नो प्रस्तुति दिंदैछु । म ज्योति मगर र मेरो दायित्व दर्शक–श्रोताको मनोरञ्जनको साथै मजस्ता हजारौं युवतीहरु जो सामाजिक कुसंस्कारको सिकार भई आफ्नो इच्छा, आकांक्षा र अधिकारबाट वञ्चित छन् उनीहरुलाई मार्गदर्शन गर्नु पनि हो । म अहिले पूर्वको उर्लाबारीबाट प्राइभेट कारमा चढी करिब १५–१६ घण्टाको यात्रा तय गरी आउँदैछु अर्घाखाँचीमा । सक्छौ भनेर रोकेर देखाउनु । (हात्ती चल्यो बजार, कुकुर भुके हजार) ।’



