हेटौंडा, माघ २३
बागमती प्रदेशमा सर्वदलीय सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
उता नेमकिपाले भने सार्वजनिक लेखा समितिको माग गरेको छ । बागमती प्रदेशसमा नेमकिपाले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मानेको छैन । सो पार्टीले आफू प्रतिपक्ष दल भएको दाबी गर्दै बैठमा सार्वजनिक लेखा समिति मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यता, गठबन्धन दल भने यसअघि देखि नै भागबन्डाको किचलो भएकोले बैठकमा सहमति जुट्न नसकेको सहभागी ती नेताले बताए । आजै ४ बजेका लागि अर्को सर्वदलीय बैठक बोलाइएको छ ।



