देवघाट तनहुँ : माघ २४ गते
देवघाट गाउँपालिकाको लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण परीक्षणको लागि जेसी अडिट तालिम आजबाट सुरू भएको छ । "समुन्नत देवघाटको आधार: धार्मिक पर्यटन,कृषि र सम्पन्न पूर्वाधार"भन्ने मुल नारा सहित देवघाट गाउँपालिकाको लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण परीक्षण (जेसी अडिट) तालिम देवघाट गाउँपालिकाको आयोजना र समाज सेवा समूहको प्राविधिक सहयोगमा आजबाट सुरू भएको सो तालिम भोलि २५ गते समापन गरिने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए ।

निति तथा कार्यक्रम निर्माण अन्तर्गत रहेका विभिन्न योजनाहरू कसरी कहाँ सम्पन्न गरियो,बजेट बिनियोजन कुन कुन तह र तत्कमा कसरी गरिन्छ र कार्यान्वयन भयो कि भएन भनेर बुझ्नको लागि तालिमको आयोजना गरिएको अध्यक्ष थापाले बताए । थापाले अहिले तत्काल कम नम्बर आयो भनेर नआत्तिनु भन्दै धेरै कुराहरू मनन गर्न आग्रह गर्दै अर्को बर्ष राम्रो गर्नुपर्छ भने । उनले हाम्रो देशमा पहिले पुरूष प्रधान देश भन्ने गरिन्थ्यो भने अहिले त्यो केही कम भएको छ भन्दै लैङ्गकि समानताको लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने बताए । अबको दिनहरूमा हामीले विभिन्न योजनाका कामहरू सफलतापुर्बक गर्न सकियो भने मात्र यो तालिमको उद्वेश्य पुरा गर्न सकिन्छ थापाले भने ।

तालिमको पहिलो दिन आज देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले तालिम निकै महत्त्वपूर्ण रहेको बताउदैँ लैङ्गकि समानताको लागि देवघाट गाउँपालिकालाई भोलिको दिनमा कार्यान्वयन गर्न र सम्मुनत देवघाट निर्माणको लागि यो कार्यक्रम निकै प्रभावकारी रहेको बताउदैँ तालिममा सहभागी सम्पूर्णलाई ध्यानपुर्वक तालिम लिन अनुरोध गरे । जेसी अडिटमा पाँच वटा सुचकहरू र त्यसमा पनि विभिन्न उप-सुचकहरू हुने भएको हुदाँ त्यसको लागि विभिन्न समूहहरू बनाएर तालिमको सुरू गरिएको थियोे । तालिममा वडा नम्बर १ अध्यक्ष मनिराज गुरूङ, वडा नम्बर २ अध्यक्ष मिन बहादुर राना मगर, वडा नम्बर ३ अध्यक्ष टेक बहादुर आले, वडा नम्बर ४ अध्यक्ष मित्रलाल गुरूङ, वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर, वडा सदस्यहरू,देवघाट गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू, कर्मचारीहरू लगाएत उपस्थिति रहेका थिए । सो तालिममा समाज सेवा समूहका परामर्शदाता सुशीला शर्मा र निर्मला शर्माले प्रशिक्षण दिएका थिए भने कार्यक्रम देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको अध्यक्षतामा भएको थियोे ।


karishma gurung

