संसद हो कि चुनावी सभा छुट्याउन गाह्रो भयो : प्रदीप पौडेल

images
  • 152
    SHARES
  • माघ २५, २०७९ बुधबार
    संसद हो कि चुनावी सभा छुट्याउन गाह्रो भयो : प्रदीप पौडेल
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन् । आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको उनले सुनाए ।

     

    बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सांसद पोडैलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको बताए । उनले अघि भने, ‘मलाई यो संसद होकि चुनावी सभा हो ? छटयाउन गाह्रो भइरहेको छ ।’

     

    मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै उनले त्यसको अन्त्य गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend