प्रेम प्रसादको परिवारले पाए बीमाबापत ५० लाख

images
  • 163
    SHARES
  • माघ २५, २०७९ बुधबार
    प्रेम प्रसादको परिवारले पाए बीमाबापत ५० लाख
    images

    काठमाडौं,माघ २५

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए । आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए ।संघिय संसदभवन अगाडी आत्मदाह गर्नु अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गर्नु अगाडी नोट सार्वजनिक गरेका थिए । सो नोटमा नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४/५ लाख रुपैयाँ खाइदिएको आरोप लगाएका थिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend