एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौंः गगन

images
  • 128
    SHARES
  • माघ २५, २०७९ बुधबार
    एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौंः गगन
    images

    काठमाडौं, माघ २५

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराउन लाग्ने प्रतिबद्धता गरेका छन् ।

     
    बुधबार आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरे ।
     

    उनले भने, ‘राष्ट्रपतिमा आँखा लाउलास् भनेर साथीहरुले भन्नुहुन्छ । तर, त्यो पनि ठीकै हो । नेपालको राष्ट्रपतिको संस्थालाई हामीले मनलाग्दा संविधानलाई मिच्न मिल्ने । हामीले संसद विघटनको बेलामा हेर्‍यौं । राष्ट्रपतिकहाँ अड्किएको विधेयक र सरकारले निर्वाचनपछि लिएर गएको अध्यादेश दुवै विषयमा मेरो आफ्नो मत छ ।’

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend