३५ किलो चरेससहित विमानस्थलबाट चार जना थाइ नागरिक पक्राउ

images
  • 118
    SHARES
  • माघ २९, २०७९ आइतबार
    ३५ किलो चरेससहित विमानस्थलबाट चार जना थाइ नागरिक पक्राउ
    images

    काठमाण्डाै -

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो चरेससहित चारजना थाइ नागरिक पक्राउ परेका छन् ।

    थाइलाइन एअरमार्फत् बैंकक जान लागेका उनीहरुलाई झोला जाँच गर्ने क्षेत्रबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

    उनीहरूले सुटकेसमा फल्स बटन बनाएर लागुऔषध चरेस लुकाइ लैजान लागेको पाइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।

    उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएको अध्यागमन कार्यालयले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend