प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

images
  • 69
    SHARES
  • माघ २९, २०७९ आइतबार
    प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
    images

    काठमाडौँ ।

    प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन  नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ ।

     

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची  रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।

    यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend