संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ किताब छाप्न किन सक्दैन ?

images
  • 130
    SHARES
  • माघ २९, २०७९ आइतबार
    संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ किताब छाप्न किन सक्दैन ?
    images

    २९ माघ, काठमाडौं 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थीहरुका लागि किताब उपलब्ध गराउन माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गर्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ? यो प्रश्न हो’ प्रमुख सचेतक शाहीले भने, ‘छिटो भन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’

    संघीय संसदमा निशुल्क शिक्षाको कुरा भइरहने तर, विद्यार्थीले किताब नपाइरहने अवस्था बदलिनुपर्नेमा उनको जोड छ । हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर, अहिले (माघ २९ गते)सम्म किताब नपुगेको भन्दै उनले छिटो भन्दा छिटो किताब उपलब्ध गराउन माग गरेका हुन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend