आज बैंक तथा वित्तीय संस्था खुलाउन राष्ट्र बैंकको आग्रह

images
  • 115
    SHARES
  • फाल्गुण १, २०७९ सोमबार
    आज बैंक तथा वित्तीय संस्था खुलाउन राष्ट्र बैंकको आग्रह
    images

    काठमाण्डाै - 

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंकहरू खुलाउन आग्रह गरेको छ ।

    नेपाल राष्ट्र बैंकले सूचना निकालेर बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखेर सेवा दिन आग्रह गरेको हो।

    नगद कारोबार, चेक क्लियरिङलगायत अति आवश्यक सेवा प्रदान गर्न राष्ट्र बैंकले भनेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध दिवस’का दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    आज बिदा दिने निर्णयको चौतर्फी विरोध भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend