चितवन-२ मा उम्मेदवारीबारे छलफल गर्न रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दै

images
  • 133
    SHARES
  • फाल्गुण १, २०७९ सोमबार
    चितवन-२ मा उम्मेदवारीबारे छलफल गर्न रास्वपाको  संसदीय दल र केन्द्रीय समितिको संयुक्त  बैठक बस्दै
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सोमबार बस्दैछ। बैठक आज सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको पार्टीको सचिवालयले जनाएको छ।

     

    बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ। यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए।

     

    तर नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्बित हुने फैसला गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। आइतबार निर्वाचन आयोगले चितवन-२ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend