६ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

images
  • 120
    SHARES
  • फाल्गुण १, २०७९ सोमबार
    ६ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त
    images

    काठमाडौँ, फागुन १

    बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

     
    अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएका हुन् । नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त भएको पुष्टी गरेका हुन् ।
     

    ‘बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त भएका छन् । ६ महिनाका लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend