न्युजिल्यान्ड, फागुन १
न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द भएको छ । न्युजिल्याण्डको उत्तरी क्षेत्रका ५८ हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ।
अधिकारीहरुले ठूलो वर्षा र हावाहुरीको चेतावनी दिएका छन् । चक्रवातलाई मध्यनजर गर्दै त्यस क्षेत्रको उडान सेवा ठप्प पारिएको छ। केही क्षेत्रमा आपत्कालको घोषणा गरिएको छ। चक्रवातले घरका छानाहरु उडाइदिएको छ भने रुख ढलेर सडक अवरुद्ध भएका छन्।



