भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा

images
  • 81
    SHARES
  • फाल्गुण १, २०७९ सोमबार
    भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा
    images

    १ फागुन, काठमाडौं ।

    आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।

    उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले सार्वजनिक यातायात बन्द आह्वान गरिएको  जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend