२ फागुन, काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उनले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे ।
भ्रष्टाचारको अन्त्य गर्न सबै जुट्न आवश्यक रहेको बताउँदै मन्त्री किरातीले जनतालाई आशा जगाउने गरी काम गर्ने जमर्को गरिरहेको बताए ।
रु तीन अर्ब खर्चेर बन्ने नयाँ टर्मिनल भवन भैरहवा र पोखराको भन्दा ठूलो, आधुनिक र सुविधा सम्पन्न हुने मन्त्री किरातीको भनाइ छ ।



