सहिद लखन थापाको १४६औँ स्मृति दिवसको अवसरमा भलिबल तथा बृहत् सांकृतिक कार्यक्रम

images
  • 115
    SHARES
  • फाल्गुण ३, २०७९ बुधबार
    सहिद लखन थापाको १४६औँ स्मृति दिवसको अवसरमा  भलिबल तथा बृहत् सांकृतिक कार्यक्रम
    images
    खैरहनी ।
    सहिद लखन थापाको १४६औँ स्मृति दिवसको अवसरमा सोनीलाफा युवा क्लब खुल्ला भलिबल तथा बृहत् सांस्कृतिक कार्यक्रमको खैरहनीका नगरप्रमुख शशि खनियाले खैरहनी–४ स्थित कंकाली मगर सङ्ग्रहालय परिसरमा निर्मित प्रथम सहिद लखन थापाको सालिकमा खादा ओढाएर उद्घाटन गरेका छन् ।
    प्रमुखअतिथि नगरप्रमुख खनियाँले खेलकुद र कलासंस्कृतिको माध्यमबाट नेपाली समुदायलाई संगठित भएर अघि बढ्न र आफ्नो प्रतिभामार्फत देशविदेशमा पहिचान स्थापित गर्न सहयोग पुग्ने बताए । उनले खेलकुद र कलासंस्कृतिको प्रवर्द्धनका लागि खैरहनी नगरपालिका सधैँ तत्पर रहेको बताए ।
    सोनीलाफा युवा क्लबको २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार रुपैयाँ र द्वितीय हुने टिमले ४० हजार पुरस्कार प्रदान गरिने आयोजक क्लबका संयोजक जीवन थापामगरले जानकारी दिए ।
    यसैबीच, नेपाल मगर संघ नेपाल मगर संघ प्रथम सहिद लखन थापामगर नगर इकाइ समिति खैरहनीको आयोजनामा २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    मगर संघ खैरहनी इकाइ समितिका अध्यक्ष डम्बरबहादुर थापामगरको अध्यक्षता एवं खैरहनी नगरपालिकाका नगरप्रमुख शशि खनियाको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा आर्थिक प्रतिवेदन खैरहनी मगर नगर इकाइ समिति सचिव सानबहादुर थापाले प्रस्तुत गरेका थिए ।
    सांस्कृतिक कार्यक्रमको संयोजन युवराज थापामगरले गरेका थिए भने सञ्चालन क्लबका अध्यक्ष शेरबहादुर आलेमगर र देवी थापामगरले गरेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend