४ फागुन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् ।
उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताए ।
उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् ।
यसअघि गएको भदौ ७ गते हेटौंडाको एक विद्यालयको सटर भाडामा लगाउने विषयमा विवाद हुँदा सिग्देल आफ्नै पार्टीको कार्यकर्ताद्वारा कार्यकक्षमै कुटिएका थिए ।



