थप ४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमणमुक्त

images
  • 127
    SHARES
  • बैशाख २९, २०७९ बिहीबार
    थप ४ जनामा कोरोना  संक्रमण पुष्टि, १८ जना संक्रमणमुक्त
    images

    काठमाडौं 

    नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

    ccccnn.jpg

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ जना र ३ सय ५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    हाल नेपालमा १ सय ७३ जना संक्रमितहरु आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend