श्रीमती र छोराछोरीको हत्या प्रयास आरोपमा पुरुष पक्राउ

images
  • 90
    SHARES
  • फाल्गुण ५, २०७९ शुक्रबार
    श्रीमती र छोराछोरीको हत्या प्रयास आरोपमा पुरुष पक्राउ
    images

    बुटवल ।

    रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । देवदह ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर बिकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

     

    विकले सोमबार साँझ आफ्नै घरमा श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए । घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरु जुटेर उद्दार गरेका थिए । 

     

    आरोपित विकलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend