जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

images
  • 66
    SHARES
  • फाल्गुण ५, २०७९ शुक्रबार
    जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
    images

    काठमाडौं ।

    राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।

     

    शुक्रवार बिहान वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर जनमोर्चाका अध्यक्ष केसीलगायतले ज्ञापन पत्र बुझाएका हुन । केसीको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।  

    प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउन केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायतको उपस्थीति थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend