चितवनमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले फागुन २५ गते विवाह गर्दै

images
  • 92
    SHARES
  • फाल्गुण ५, २०७९ शुक्रबार
    चितवनमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले फागुन २५ गते विवाह गर्दै
    images

    काठमाडौं, फागुन ५

    अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

    चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने उनीहरुको तयारी छ ।
     

    ‘सकेसम्म सानो उपस्थितिमा विवाह सकौं कि भन्ने योजनामा हामी छौं,’ सुवेदीले भने, ‘तयारी भइरहेको छ ।’ सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend