सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी

images
  • 143
    SHARES
  • फाल्गुण ५, २०७९ शुक्रबार
    सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी
    images

    काठमाडौँ 

    कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रवार पहिलो अप्रेसन भएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रवार दुवै खुट्टाको अप्रेसन गरिएको हो । 

     

    पहिलो अप्रेसन सफल भएको दाबी गर्दै चिकित्सकहरूले दोस्रो अप्रेसनबारे छलफल गरिरहेका छन्। बुधवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएको थियो।

     

    कांग्रेस नेता योगराज कँडेलका अनुसार नेशनल बर्न्स सेन्टरका चिकित्सक डा.सुनिल केसवानी, डा.सन्दीप मिस्त्री र डा.अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको मुम्बईमा रहेका छ । पछिल्लो रिपोर्टअनुसार भण्डारीको पारामिटर सामान्य छ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend