चितवन, फागुन ५
चितवनको रत्ननगरमा आज (शुक्रबार) खुल्ला रक्तदान भएको छ । कार्यक्रममा जम्मा ४१ जनाले रक्तदान गरेका छन् । जसमध्ये ३३ जना पुरुष र ८ जना महिला रहेका छन् । रेडक्रस सर्कल, पञ्चकन्या माध्यमीक विद्ययाल र पञ्चकन्या भूतपूव विद्यार्थी समाजको आयोजनामा भएको रक्तदान कार्यक्रमलाई रत्ननगर नगरपालिका १३ का वडाध्यक्ष पाटे बहादुर घिमिरेले उद्घाटन गरेका हो ।





